महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै « Khabarhub

महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेको छ । राष्ट्रिय राजमार्गको विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गको कालोपत्रे भत्किएको छ ।

महाकाली राजमार्गमा सतबाँजदेखि गोकुलेश्वरसम्म करिब २५ प्रतिशत सडक बिग्रिसकेको डिलाशैनी-६ गोकुलेश्वरका व्यवसायी सुरेश श्रेष्ठले बताए ।

उनले भने, ‘गोकुलेश्वर पुल ठोक्करदेखि बरम बजारसम्म करिब पाँच सय मिटर सडक पुरै बिग्रिएको छ । यसलाई बनाउनतर्फ कसैको ध्यान गएको छैन् । जिल्लाका अन्य ठाउँमा कालोपत्रे टाल्ने काम भए पनि गोकुलेश्वर क्षेत्रमा भने काम भएको छैन् । सडक विभागका प्रतिनिधिहरू भेटिन्छन् उनीहरूलाई पटक पटक भनेकै छौँ । स्थानीय सरकारदेखि सबैलाई घच्घच्याउँदा कुनै पनि सुनुवाई भएन ।’

श्रेष्ठले भने, ‘सबै तहका व्यक्तिहरू यही बाटो भएर दार्चुला सदरमुकाम आउजाउ गर्छन । तर, सडक बनाउन ध्यान गएको छैन । केही दिनअघि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु सडक बिग्रेकाले सडकमै गाडी रोकिएपछि हिँडेरै समेत जाए । तर, सडक बनाउन भने कुनै ध्यान दिएनन् ।’

सडकले दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै सडक निर्माण गरिदिन माग गरे पनि सुनुवाई नभएको स्थानियवसीको गुनासो छ । विभिन्न ठाउँमा उप्किएको कालोपत्रे, भत्किएका नाली तथा ह्युम पाईप व्यवस्थापनमा कसैले ध्यान नदिएको यातायात व्यवसायी हरिश नाथले बताए ।

सडक किनारमा स्थानीयवासीले वालुवा र गिट्टी थुपारेका कारण समेत दुर्घटनाको जोखिम बढेको उनले बताए । सडक साँघुरो भएकाले गाडीहरूलाई साइड दिन समस्या हुने गरेको व्यवसायी नाथको भनाइ छ ।

महाकाली राजमार्ग अन्तर्गतको सतबाँज–गोकुलेश्वर सडकखण्डका विभिन्न ठाउँमा समस्या देखिएकाले छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । खाल्डाखुल्डीमा पुनः कालोपत्रे गर्न ठेक्का सम्झौता भैसकेकाले केही दिनभित्रै काम सुरू हुने डिभिजन कार्यालयका रमेश चौधरीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ३० बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न