प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो– अदालतको गरिमा राख्नुहोस् « Khabarhub

प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो– अदालतको गरिमा राख्नुहोस्


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई अदालतको गरिमा राख्न आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले सर्वोच्च अदालतमा विकसित घटनाक्रमले न्यायालयप्रतिको भरोसा कमजोर हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघले नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकायमा देखिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायालय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् विषय भएको महासंघले जनाएको छ ।

अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाटसमेत वञ्चित हुनुपरिरहेको भन्दै महासंघले संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानको आवश्यक पहल गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ५२ बजे

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले