सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि « Khabarhub

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेको चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट एक सय ६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

महधिवेशन प्रतिनिधि छनोट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधिको संख्या केही बढ्ने उनको भनाइ छ । यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार कैलालीबाट ४४ जना, डडेल्धुराबाट ११ जना, बाजुराबाट २१ जना, कञ्चनपुरबाट १६ जना, डोटीबाट१६ जना, अछामबाट १४ जना, दार्चुलाबाट १२ जना, बैतडीबाट १५ जना र बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । नौ जिल्लाबाट एक सय ६० प्रतिनिधि छनोट भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : २५ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका