इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा | Khabarhub Khabarhub

इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरुले नेपाल बारको आन्दोलनप्रति फरक धारणा नरहेको बताएका छन् ।

नेपाल बार एशोसिएशन र सार्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुले बुधवार पाँच न्यायाधीशसँग गरेको छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनमा आफूहरुको पूर्णसमर्थन रहेको जनाएको सर्वोच्च बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए ।

उनका अनुुसार छलफलमा न्यायाधीशहरुले न्याय सेवा प्रदान गर्ने विषयमा अनिर्णय र अनिश्चित भएका कारण आफूहरु इजलासमा फर्किएको बताएका छन् ।

इजलासमा फर्किए पनि बारको आन्दोलनलाई आफूहरुको साथ सहयोग रहेको र त्यसमा आफूहरुको फरक धारणा नरहेको न्यायाधीशहरुले बताएको उनले जानकारी दिए ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ । सर्वोच्चका बहुमत न्यायाधीशहरुले पनि राणाले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् । तर, न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा फर्किएका छन् । बुधबार बारले यी न्यायाधीशहरुसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ३८ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले