इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा « Khabarhub

इजलासमा फर्किएका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरुले नेपाल बारको आन्दोलनप्रति फरक धारणा नरहेको बताएका छन् ।

नेपाल बार एशोसिएशन र सार्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुले बुधवार पाँच न्यायाधीशसँग गरेको छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनमा आफूहरुको पूर्णसमर्थन रहेको जनाएको सर्वोच्च बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए ।

उनका अनुुसार छलफलमा न्यायाधीशहरुले न्याय सेवा प्रदान गर्ने विषयमा अनिर्णय र अनिश्चित भएका कारण आफूहरु इजलासमा फर्किएको बताएका छन् ।

इजलासमा फर्किए पनि बारको आन्दोलनलाई आफूहरुको साथ सहयोग रहेको र त्यसमा आफूहरुको फरक धारणा नरहेको न्यायाधीशहरुले बताएको उनले जानकारी दिए ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ । सर्वोच्चका बहुमत न्यायाधीशहरुले पनि राणाले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् । तर, न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी, कुमार रेग्मी र कुमार चुडाल इजलासमा फर्किएका छन् । बुधबार बारले यी न्यायाधीशहरुसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ३८ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा