केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड « Khabarhub

केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रित गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउदै उनले भने, ‘माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो ।’

माओवादी मधेसी जनताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले दाबी गरे ।

मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे ।

प्रदेश २ का कुना काप्चामा गएर मधेसीहरुको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘मधेशको पहिचान, मुद्दा र समस्याहरुलाई माओवादीलेमात्र सम्बोधन गर्न सक्छ ।

रामगोपालपुरमा झण्डै ८ हजार संख्यामा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्नेतर्फ पनि प्रतिबद्धता जनाए ।

रामगोपालपुरबाट भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लालपूर्जा वितरण गर्ने कार्यको शुभारम्भ भएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने उनको आश्वासन थियो ।

महोत्तरीको रामगोपालपुरमा आजै सात वटा आधारभूत स्वास्थ्य चौकी र एउटा कोभिड अस्पतालकोसमेत प्रचण्डले शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : १६ बजे

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र