शशांक कोइरालाले आफ्नो दुष्प्रचार गरेको भन्दै प्रकाशमान आक्रोशित « Khabarhub

शशांक कोइरालाले आफ्नो दुष्प्रचार गरेको भन्दै प्रकाशमान आक्रोशित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरेका छन् ।

विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सम्भाव्ययताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौँ बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।

‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म’, शशांकप्रति लक्षित गर्दै उनले भने, ‘आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानेकोको के छ के छ भन्दै उफ्रने।’

नेता सिंहले पहिले पहिले काठमाडौँले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौँ बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतवह हुन थालेको भन्दै आक्रोश पोखे । १२औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै उनले अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न चेतावनी दिए ।

‘पहिले काठमाडौँमा चिन्दैन भन्थे अहिले काठमाडौँमा चाहिँ चिन्छ, बाहिर चाहिँ चिन्दैन भन्छन्’, उनले भने । नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे । आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । ‘हो म गणेशमान र मंगलादेवी सिंहको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यान बाजी राखेर काम गरेको मान्छे पनि हुँ’, उनले भने, ‘त्यतिबेला अहिले मै हुँ भन्ने नेता कहाँ थिए सबैलाई याद हुनुपर्‍यो नि ।’

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : १२ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न