महिला क्रिकेटलाई ऐतिहासिक शृंखला | Khabarhub Khabarhub

महिला क्रिकेटलाई ऐतिहासिक शृंखला


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ ।

बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।

योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो ।

बुधबार दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा सीमित भएको थियो ।

कतारका लागि कप्तान आयसाले सर्वाधिक २४ रन जोडिन् ।

नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान रुबिना क्षेत्रीको अर्धसतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन् ।

कतारकी एन्जेली मरेले दुई विकेट लिइन भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए । आइसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : १३ बजे

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

ढोरपाटन – शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा

राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त

भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त

मिथिलामा राखी पर्वको रौनक

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा