ठेकेदारको लापरबाहीले पुल अलपत्र « Khabarhub

ठेकेदारको लापरबाहीले पुल अलपत्र


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए ।

निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ’, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो ।

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ५१ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली