केपी ओलीलाई शम्भु थापाको चुनौती : चार न्यायाधीशले घुस खाएको प्रमाण ल्याउनुस् | Khabarhub Khabarhub

केपी ओलीलाई शम्भु थापाको चुनौती : चार न्यायाधीशले घुस खाएको प्रमाण ल्याउनुस्


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले परमादेश दिने चार न्यायाधीशको राजीनामा माग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

प्रतिपक्षी दलका नेता ओलीले राजीनामा दिनुपर्ने भए प्रधानन्यायाधीशमात्र होइन परमादेश दिने पाँचै न्यायाधीशले दिनुपर्ने धारणा राख्दै आएका छन् ।

तर न्यायालय शुद्धीकरणका लागि बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा छ । बुधबार बार प्रांगणमा वरिष्ठ अधिवक्ता थापाले अहिलेको आन्दोलन न्यायालयमा गन्हाउने अवस्थामा पुगेको भ्रष्टाचार, विकृति, विसंगति, नातागोता र बिचौलियाविरुद्ध भएको बताउँदै त्यसको नाइके प्रधानन्यायाधीश राणा भएको बताए ।

उनले राणासँगै प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने न्यायाधीशले पनि राजीनामा दिनुपर्ने ओलीको तर्कमा जवाफ दिँदै संवैधानिक इजलासका बाँकी चार न्यायाधीशले घुस खाएको प्रमाण देखाउन चुनौती दिए ।

‘चार जना पनि घुसमा लिप्त छन् भन्नू न त, प्रमाण ल्याउनुस् न त । तर परमादेश दिएकाले राजीनामा दिनुपर्छ भन्नुभएन । हामी त भ्रष्टाचारविरुद्ध, नातागोताविरूद्व आन्दोलनमा हो । यो तथ्यलाई बुझ्नुपर्छ,’ उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले संसद चाहिँदैन भनेकाले ओली प्रधानमन्त्रीबाट हट्नुपरेको भन्दै त्यसमा आफूहरुको सरोकार नभएको बताए ।

उनले पाँच दलीय गठबन्धन र विपक्षी दलका नेतालाई भ्रष्ट प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन ध्यानाकर्षण पनि गाए । थापाले दलहरू अदालतमा भ्रष्टाचारको पक्षमा हो कि समाजिकीरण पक्षमा, समग्र समस्या समाधानको पक्षमा हो भनी प्रश्नसमेत गरे ।

न्यायाधीशलाई पनि चेतावनी

वरिष्ठ अधिवक्ता थापाले इजलासमा फर्केका न्यायाधीशलाई पनि चेतावनी दिए । पूर्वन्यायाधीशहरुको वक्तव्य र न्यायाधीशहरुको इजलास बहिष्कारपछि बार आन्दोलनमा होमिएको भन्दै उनले अहिले सेवाग्राहीलाई देखाएर भ्रष्ट प्रधानन्यायाधीशले तोकेका इजलास नहेर्न चेतावनी दिए । ‘पहिला इजलास बन्द किन गरेको ? बार त ४ दिनपछि आएको हो नि,’ उनले सोधे ।

इजलासमा फर्केका कुमार रेग्मी र मनोज शर्माको नाम नै लिँदै थापाले भने, ‘उहाँहरुको विद्वतामाथि प्रश्न छैन । उहाँमाथि प्रश्न उठ्यो, हामीले संसद विघटन मुद्दामा उहाँहरूलाई इजलासबाट हटायौं । तर तपाईहरू यो बारबाट अदालतमा गएको होइन ? कानुन व्यवसायीको अनुपस्थितमा कसरी इजलास हेर्ने, हाम्रो उपस्थिति रहँदैन । कि कुमार श्रीमानले प्रधानन्यायाधीशले घुस खाएको छैन भन्नुपर्‍यो ।’

थापाले अहिले प्रधानन्यायाधीशको सिट खाली भएको तर्क गरे । यसमा नयाँ चयन गर्न उनले दलहरुको ध्यानाकर्षण गराए ।

थापाले सेवावाग्राहीलाई पनि अनुरोध गरे, ‘तपाईंको फैसलामा घुस खान्छन् । त्यो घुसविरूद्व हाम्रो आन्दोलन हो ।’

उनले सेतोपट्टी बाध्दै हिँडेका असन्तुष्ट वकिललाई के के माग हो आउनुस् भनेर आह्वान गरे । ‘तपाईंका समस्या के हुन् आउनुस्,’ उनले भने ।

अवैध गर्भबाट जन्मिएकाले हामीलाई सल्लाह दिने ?

थापाले संवैधानिक आयोगका पदाधिकारीले निकालेको विज्ञप्तिमा समेत कटाक्ष गरे । ‘संवैधानिक नभनौं । संविधान रून्छ । नियुक्ति खाएकाहरूले विज्ञप्ति निकालेछन् । अवैध गर्वबाट जन्मिएका सन्तानले हामीजस्तो वैधलाई सल्लाह दिने ? तपाईं अवैधहरूले । जसको अवैधता अदालतमा रोकिएको छ । चोलेन्द्रले सुनुवाइ रोक्छन् । अवैधको फैसला हुन त बाँकी छ । संसद छलेर नियुक्त भएकाहरुले हामीलाई सिकाउने ?,’ उनले प्रश्न गरे ।

थापाले यो आन्दोलन नभएको तर्क गरे । ‘यो आन्दोलन होइन, न्यायको शुद्विकरणको अभियान हो । आन्दोलन गर्न १०–२० ट्रक त के काठमाडौँमा सारा जनता ल्याउँछौं । यदि सडक बाहिर जाने अवस्था आयो भने,’ उनले भने ।

उनले रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीश जबराको फैसलाको पनि आलोचना गरे । ‘जन्मकैदको फैसला साढे ८ वर्ष हुन्छ भन्ने कस्तो प्रधानन्यायाधीश ? एउटा न्यायाधीशले भन्दियोस् हामी उहाँलाई आजीवन प्रधानन्यायाधीश मान्न तयार छौं, थापाले भने ।

उनले घुस नदिएपछि विशेष अदालतका न्यायाधीशहरू काजमा सरूवा गरिएको आरोप लगाए । बारलाई नसोधी एउटा पनि नियुक्त नगर्न उनले न्याय परिषद्लाई खबरदारी गरे ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : १६ बजे

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई