एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै « Khabarhub

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा)मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो ।

पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । ‘एमाले महासचिवका हैसियतमा उहाँ (पोखरेल)ले केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउनुहुन्छ र पत्रकारसँग अन्तरक्रिया गर्नुहुन्छ।’ रिजालले खबरहबसँग भने, ‘महासचिवको हैसियतमा पोरखेलको यो पहिलो औपचारिक सम्बोधन कार्यक्रम पनि हो।’

पत्रकार सम्मेलनमा महासचिव पोखरेलसहितका पदाधिकारी, स्थायी कमिटी र केही केन्द्रीय कमिटी सदस्यसमेत उपस्थिती रहनेछ । केन्द्रीय कमिटी र सबै पत्रकारका लागि पार्टी कार्यालय च्यासल साँघुरो हुने भएपछि बाहिर कार्यक्रम गर्नुपरेको बताइएको छ।

हालै भक्तपुरमा बसेको एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र केही जिल्लामा इन्चार्ज तथा अध्यक्ष चयन गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ०५ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको