कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु « Khabarhub

कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ।

खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ ।

निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी भइसकेका छन्। उनीहरु सभापति शेरबादुर देउवा पक्षका हुन्।

खस आर्यतर्फ देवराज चालिसे र किशोर सिंह राठोर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र जीवनबहादुर शाही, मधेशीतर्फ शेरबहादुर देउवा पक्षका महेन्द्र यादव र शेखर कोइराला पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धी छन् ।

मुस्लिमतर्फ देउवा पक्षका फर मुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकील तथा थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला पक्षबाट तेजुलाल चौधरी चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ०५ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा