उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी « Khabarhub

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तरी चीनको साङ्सी प्रान्तमा कोइला खानीमा फसेका २१ कामदारको उद्धार जारी छ ।

चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धारमा खानीतर्फ कुदिरहेको बताइएको छ । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ ।

शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् ।

दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन  रहेको बताइएको छ । न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धारलाई थप कठिन बनाएको बताइएको छ ।

घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु