६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै « Khabarhub

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ ।

हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तीमा पाँच वर्षसम्म रहनेछ ।

तीन महिनाभित्र कार्यालयका सम्पूर्ण शाखा सारिसक्ने योजनाअनुसार प्रतिष्ठानसँग सम्झौतासमेत गरिसकेको जनाए पनि एमालेले शुक्रबार भने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई थापाथलीमा नै पदभार ग्रहण गराएको छ ।

१०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले थापाथलीको कार्यालय च्यासलमा सार्ने निर्णय लिँदै तीन महिनाको समयसीमा तोकेको हो ।

‘तुल्सीलाल स्मृति भवन च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरिएको छ, आवश्यकताअनुसार त्यस भवनको मर्मत/सम्हार तथा पुर्नव्यवस्था गरी तीन महिना भित्र सबै कार्यालय सारिसक्ने’ एमालेको निर्णयमा भनिएको छ ।

निणर्यानुसार केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानीसमेत गर्ने भएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ३० बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा