टिपरको ठक्करले एकैपरिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा « Khabarhub

टिपरको ठक्करले एकैपरिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– एकैपरिवारका तीन जनाको टिपरको ठक्करबाट मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन ।

बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा लहान–३ स्थित लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१क २६२ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा तपन दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको मृत्यु भएको र एक जना घाइते छन् । एकैपरिवारको तीन जनाको मृत्यु भएपछि चलेको परिवारको रुवाबासीले गाउँ नै शोकमा डुबेको स्थानीय कविता यादवले बताइन् ।

‘मृतक परिवारमा रूवाबासी चलेपछि शोकले गाउँमा कसैको चुल्हो बलेको छैन,’ उनले भनिन् । न्युजकारखाना

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : १७ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा