नवनिर्वाचित महामन्त्री शर्माले भेटे माओवादी द्वन्द्वका घाइतेलाई « Khabarhub

नवनिर्वाचित महामन्त्री शर्माले भेटे माओवादी द्वन्द्वका घाइतेलाई


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गरेका छन् ।

शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी सङ्घका नेता गिरीलाई भक्तपुरको लोकन्थलीस्थित उनकै निवासमा शुक्रबार भेटेर महामन्त्री शर्माले सम्मान गरे । सो अवसरमा महामन्त्री शर्माले नेता गिरी शान्तिको बाटो बिराएर हिंसात्मक राजनीतिको बाटोमा हिँड्दा उत्पन्न परिस्थितिको अमिलो अध्यायको प्रतिनिधि पात्र भएको उल्लेख गरे।

उनले पार्टीमा नवनिर्वाचितदेखि सम्पूर्ण कांग्रेसजनले गिरी जस्तै जनआन्दोलन र द्वन्द्वमा प्रातडना भोगेका योद्धा तथा शहीदलाई बिर्सन नमिल्ने बताए । अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा शर्माले आफूलाई लगाई दिएका माला र खादा यसैगरी गिरीलाई लगाई सम्मान गरेका थिए।

काभ्रेको कार्तिके देउरालीका गिरी २०५८ सालमा २३ वर्षको उमेर हुँदा तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते भएका थिए। नेता गिरिले कांग्रेस आफ्ना मूल सिद्धान्तबाट विचलित हुन्छ कि भन्ने चिन्ता लागेकामा अब युवा पुस्ताले खबरदारी गर्नुपर्ने सुझाव दिए । साथै उनले जनआन्दोलन र द्वन्द्वका घाइते तथा शहीद परिवारको गासबास व्यवस्थापनमा सरकार र राजनीतिक दलले विशेष ध्यान दिनपर्ने माग गरे ।

बिहीबार महामन्त्रीमा निर्वाचित शर्माले सोही साँझ कांग्रेस संस्थापक नेता बिपी कोइरालालाई जेलमा राखिएको हालको सुन्दरीजल सङ्ग्रहालय पुगेर त्यहाँको माटो ढोगेका थिए। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मत परिणाम बिहीबार मात्र आएको हो । कांग्रेसमा सभापतिपछि कार्यकारी मानिने महामन्त्रीमा छ उम्मेदवार रहेकामा गगनकुमार थापा र शर्मा निर्वाचित भएका छन्। रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष