नवनिर्वाचित महामन्त्री शर्माले भेटे माओवादी द्वन्द्वका घाइतेलाई | Khabarhub Khabarhub

नवनिर्वाचित महामन्त्री शर्माले भेटे माओवादी द्वन्द्वका घाइतेलाई


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गरेका छन् ।

शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी सङ्घका नेता गिरीलाई भक्तपुरको लोकन्थलीस्थित उनकै निवासमा शुक्रबार भेटेर महामन्त्री शर्माले सम्मान गरे । सो अवसरमा महामन्त्री शर्माले नेता गिरी शान्तिको बाटो बिराएर हिंसात्मक राजनीतिको बाटोमा हिँड्दा उत्पन्न परिस्थितिको अमिलो अध्यायको प्रतिनिधि पात्र भएको उल्लेख गरे।

उनले पार्टीमा नवनिर्वाचितदेखि सम्पूर्ण कांग्रेसजनले गिरी जस्तै जनआन्दोलन र द्वन्द्वमा प्रातडना भोगेका योद्धा तथा शहीदलाई बिर्सन नमिल्ने बताए । अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा शर्माले आफूलाई लगाई दिएका माला र खादा यसैगरी गिरीलाई लगाई सम्मान गरेका थिए।

काभ्रेको कार्तिके देउरालीका गिरी २०५८ सालमा २३ वर्षको उमेर हुँदा तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते भएका थिए। नेता गिरिले कांग्रेस आफ्ना मूल सिद्धान्तबाट विचलित हुन्छ कि भन्ने चिन्ता लागेकामा अब युवा पुस्ताले खबरदारी गर्नुपर्ने सुझाव दिए । साथै उनले जनआन्दोलन र द्वन्द्वका घाइते तथा शहीद परिवारको गासबास व्यवस्थापनमा सरकार र राजनीतिक दलले विशेष ध्यान दिनपर्ने माग गरे ।

बिहीबार महामन्त्रीमा निर्वाचित शर्माले सोही साँझ कांग्रेस संस्थापक नेता बिपी कोइरालालाई जेलमा राखिएको हालको सुन्दरीजल सङ्ग्रहालय पुगेर त्यहाँको माटो ढोगेका थिए। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मत परिणाम बिहीबार मात्र आएको हो । कांग्रेसमा सभापतिपछि कार्यकारी मानिने महामन्त्रीमा छ उम्मेदवार रहेकामा गगनकुमार थापा र शर्मा निर्वाचित भएका छन्। रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ६ : ०० बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति