देउवा नेतृत्वको कांग्रेस पदाधिकारीमा युवाको वर्चस्व | Khabarhub Khabarhub

देउवा नेतृत्वको कांग्रेस पदाधिकारीमा युवाको वर्चस्व


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको चुनावको नतिजा आउनेक्रम जारी छ । शुक्रबारसम्म १३ सदस्यीय पदाधिकारीको अन्तिम नतिजा आएको छ ।

अब ११९ जना सदस्यको मतगणना हुन बाँकी छ । यो महाधिवेशनमा सभापतिका उम्मेदवार ५ जना भए पनि मुख्य प्रतिस्पर्धा शेरबहादुर नेतृत्वको प्यानल र डा. शेखर कोइराला नेतृत्वको पयानलबीच भयो। १३ सदस्यीय पदाधिकारीको नतिजा आउँदा सभापतिमा दोस्रो कार्यकालकाा लागि निर्वाचित देउवाको स्पष्ट बहुमत आएको छ । कोइराला समूहको पनि प्रभावकारी उपस्थिति देखिएको छ ।

सभापतिपछिको सबैभन्दा महत्वपूर्ण मानिएको महामन्त्रीमा देउवा समूहका दुबै उम्मेदवार पराजित हुँदा सहमहामन्त्रीमा भने देउवा समूहका धेरै विजयी भएका छन् ।

१३ सदस्यी पदधिकारीमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र समहामन्त्रीहरु भीष्मराज आङ्दम्बे, उमकान्त चौधरी, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, फरमुल्लाह मन्सुर र किशोरसिंह राठौर गरी ८ जना पदाधिकारी देउवा निकट विजयी भएका छन् ।

यस्तै कोइराला समूहबाट उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीहरु जीवन परियार तथा बद्रि पाण्डे गरी ४ जना विजयी भएका छन् । महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए । उनी चुनाव लड्न्अघि देउवा निकट थिए ।

पदधिकारीमा निर्वाचित पूर्णबहादुर खड्का र फरमुल्ला मन्सुरबाहेक अरु सबै पदाधिकारी ६० वर्षभन्दा मुनिका छन् ।

अहिलेको पदाधिकारी टिममा नेविसंघबाट पार्टी राजनीतिमा आएकाहरुको वर्चस्व देखिएको छ । सभापति देउवा स्वयम नेविसंघको पहिलो निर्वाचित अध्यक्ष हुन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री किशोरसिंह राठौर नेविसंघका पूर्व अध्यक्ष हुन् । त्यस्तै गगनकुमार थापा नेविसंघका पूर्वमहामन्त्री हुन् भने बद्रि पाण्डे नेविसंघको पूर्व उपाध्यक्ष हुन् । महेन्द्र यादव भने तरुण दलका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ४२ बजे

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने

औषधीको सहज उपलब्धताको लागि समिति गठन

काठमाडौं– नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं– सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्