गहुँका लागि मत अभाव | Khabarhub Khabarhub

गहुँका लागि मत अभाव


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– मल खरिद गर्नका लागि संघ, संस्था र सहकारी छनोट गरी केन्द्रमा सिफारिस गर्ने पालिकाले अझैसम्म सो काम गर्न सकेका छैनन् । जिल्लाका सात पालिका मध्ये नलगा नगरपालिका बाहेक अन्य पालिकाले कुनै पनि प्रक्रिया सुरु नगरेको पाइएको हो ।

गहुँखेतीका लागि भारी मात्रामा मलको माग भए पनि पालिकाले सिफारिस दिन आँनाकाँनी गर्दा कृषकले मल पाउन नसकेका हुन् । आफू अनुकूलको संस्था, सहकारी खोज्दा काम सुरु हुन नसकेका हो । विगतमा कृषि विकास कार्यालयमार्फत खरिद हुँदै आएको मल अर्ग्यानिक प्रदेश बनाउने योजना प्रदेश सरकारले लिएपछि कृषि विकास कार्यालयले मल खरिद गर्ने अधिकार कटौती भएको हो ।

अहिले सो काम स्थानीय तहले गर्दै आएका छन् । भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले छिट्टै प्रक्रिया पुरा गरी मल खरिद गर्ने बाटो खुल्ला गरिने बताए । नलगा नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले मल केही दिनमा नगरमा पुगिसक्ने बताए ।

अन्य पालिकाले मल खरिदका लागि कुनै प्रक्रिया सुरु गरेका छैनन् । जाजरकोटमा कूल खेतीयोग्य जमिन २८ हजार हेक्टरमा १० हजार हेक्टरमा गहुँखेती गरिन्छ । अधिकांश ठाउँमा आकासे पानीको भरमा गहुँखेती हुँदै आएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : २० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’