कोरोना कहर : बितेको २४ घण्टामा ५ लाख संक्रमित थपिए, करिब ४ लाख निको भए | Khabarhub Khabarhub

कोरोना कहर : बितेको २४ घण्टामा ५ लाख संक्रमित थपिए, करिब ४ लाख निको भए


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् भने ४ लाख बढी निको भएका छन् ।

सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन। त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन। कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। यस्तै, १ हजार ८ सय बढीले ज्यान गुमाएका छन भने ७८ हजार ८ सय भन्दा धेरै कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिकामा २ करोड ४४ लाख ७६ हजार ३ सय ४३ जलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा धेरै कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ। यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँग यूकेमा संक्रमित हुनेको संख्या ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ। हालसम्म १५ लाख बढी निको भएको यूकेमा १७ लाख ७१ हजार ९ सय ६२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

अमेरिकापछि मेक्सीकोमा गत २४ घण्टामा सबैभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए। मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण ज्यान गयो। हालसम्म मेक्सिकोमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ। १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटर्सले जनाएको छ।

गत २४ घण्टामा अमेरिकापछि निको हुनेको संख्या रसियामा धेरै रहेको छ। रसियामा गत २४ घण्टामा २३ हजार ४ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म ३५ लाख ६८ हजार २ सय ९ जना संक्रमित भएको रसियामा ६५ हजार बढीले ज्यान गुमाएका छन भने २९ लाख ६० हजार ४ सय बढी निको भएका छन।

संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ। भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन्। १ लाख ५२ हजार ४ सय ५६ जनाले ज्यान गुमाएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन्।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ३४ बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते