सुडानको डार्फरमा झडप, कम्तीमा ८३ जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा झडप, कम्तीमा ८३ जनाको मृत्यु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)का अनुसार शनिबारदेखि जारी झडपमा  कम्तीमा ८३ व्यक्तिको मृत्यु छ । अन्य १६० व्यक्ति घाइते भएको जनाइएको छ।

‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन्,’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गर्दै भनेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ ।

पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश  समेत जारी गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ४० बजे

काठमाडौं–१० मा मतगणना सुरु

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा