सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित | Khabarhub Khabarhub

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामनरेश गिरीको उत्कृष्ट बलिङमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको  फराकिलो जित हात पारेको छ।

सोमबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ नचल्दा फराकिलो हार व्यहोरेको हो।

जसमा सुदूरपश्चिमले २० ओभर खेल्दा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो।

सुदूरपश्चिमले सुरुमै लगातार ४ विकेट गुमाएको थियो । तर, पाँचौँ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका अर्जुन साउद र सातौँ ब्याट्सम्यानका रुपमा आएका किरण ठगुन्नाको जोडिले ५८ रनको साझेदारी खेले।

जसले सुदूरपश्चिमलाई केही राहत दिए पनि ३१ रनमा खेलिरहेका अर्जुन आउट हुँदा सुदूरपश्चिम दबाबमा पर्‍यो । अर्जुनले २८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै किरणले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै सुदूरपश्चिमका नारायण जोशीले अलराउण्ड प्रदर्शन गरे पनि टोलिका लागि भने जित दिलाउन सकेनन् । उनले ब्याटिङमा २९  बलमा ५ छक्का र  १ चौकाको मद्दतले ४४ रन प्रहार गरे।

सुदूरपश्चिमविरूद्ध बागमतीका नामनरेश गिरीले ४ विकेट लिए भने नन्दन यादवले २ विकेट, तिलक भण्डारीले १ विकेट र दिपेश श्रेष्ठले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि पृथु बाँस्कोटा र अदिल खानले अर्धशतकीय इनिङ्स खेलेका थिए । जसको मद्दतले बागमती प्रदेशले सुदूरपश्चिमलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

बागमतीले निर्धारित पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन प्रहार गरे भने अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन प्रहार गरेका थिए।

यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरेका थिए।

बागमती विरुद्व कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २/२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिएका थिए।

बागमतीको भन्दा सुदूरपश्चिमको लामो सर्ट

कीर्तिपुर मैदानमा बागमतीले फराकिलो लक्ष्य दिएपछि जवाफि ब्याटिङमा आएको सुदूरपश्चिमले राम्रो सुरुवात गर्न सकेन।

तर, मैदानमा छिटपुट उपस्थित दर्शकले भने मनोरञ्जन गरे । सुदुरपश्चिमका खेलाडीले लामो सर्ट समय समयमा प्रहार गरिरहेका थिए ।

बागमतीले ३ सय रन हान्दा मात्रै २ छक्का भएको थियो । जुन पृथु बाँस्कोटाले प्रहार गरेका थिए ।  तर, सुदूरपश्चिमका ब्याटरहरूले ९ छक्का प्रहार गरे । जसमा नवौं विकेटका रुपमा मैदान प्रवेश गरेका नारायण जोशीले ५ छक्का प्रहार गरे । अर्जुन ३ छक्का प्रहार गरे भने किरणले १ छक्का प्रहार गरेका थिए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ३ : ४५ बजे

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना