२४ घण्टामा ३२२ कोरोना संक्रमित थपिए,६ को मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा ३२२ कोरोना संक्रमित थपिए,६ को मृत्यु


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

यसअघि आइतबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ थियो ।

पछिल्लो २४ घण्टामा थप ३७४  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ८१८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ४ : २५ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर