नेकपाको दाहाल-नेपाल समूहले आज मानव साङ्लोले टुँडिखेल घेर्दै « Khabarhub

नेकपाको दाहाल-नेपाल समूहले आज मानव साङ्लोले टुँडिखेल घेर्दै


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए ।

‘सो समयमा हामीले अरू केही अवरोध गर्दैनौँ, धेरै मानिस एकसाथ जम्मा हुने भएकाले ट्राफिक जाम हुन सक्छ, त्यसको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ला,’ भुसालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल- नेपाल समूह पुस ५ पछि आन्दोलित छ ।

यो समूहले बुधबार (५ फागुन) देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

यो समूहले गत माघ २८, माघ ९ र पुस १३  मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ४६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन