प्रदेश २ द्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन « Khabarhub

प्रदेश २ द्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताल प्रारङ्गणमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानलाई अगाडि बढाउन हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । सबै रोगको उपचार प्रादेशिक अस्पतालभित्रै होस् भन्ने जनताको वर्षौदेखिको आकांक्षा अब पूरा हुने उनले विश्वास व्यक्त गरे ।

विगतभन्दा अहिले अस्पतालको अवस्थामा सुधार आएको पनि दावी गरे ।

‘अहिले सुरुवात हो । चिन्ता गर्नुपर्दैन । यँहा एमएस, एम्डी, एमबीबीएस लगायत सबै पढाइ हुन्छ,’ उनले भने,’सरकारी अस्पतालमा काम गर्ने डाक्टरले निजी क्लिनिक संचालन गर्न नपाउने नीति प्रदेश सरकार बनाउन लागेको छ ।’

उनले डाक्टरको तलब कम्तिमा डेढ लाख हुनुपर्ने पनि बताए । तलब सम्मानजनक नरहेकाले नै नीजि क्लिनिक संचालन गर्न डाक्टरहरु बाध्य हुने गरेको उनको भनाइ थियो ।

यस्तै सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रतिष्ठानको कार्यालय स्थापना भएपछि अब प्रदेशबासीको ठूलो सपना पूरा भएको बताए ।

‘सामान्य विरामी पनि प्रदेश १ वा प्रदेश ३ मा गएर उपचार गराउनुपर्छ । जसका कारण यस प्रदेशबाट धेरै रकम अन्य प्रदेशमा पुग्छ । त्यसैले पनि सबै रोगको उपचार होस् भन्ने उदेश्यले प्रतिष्ठान गठन भएको छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : २५ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव