काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
अपराह्न तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ ।
कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ ।
यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रतिक्रिया