फिल्ममा महंगो पहिरन लगाउने यी बलिउड कलाकार « Khabarhub

फिल्ममा महंगो पहिरन लगाउने यी बलिउड कलाकार


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्मका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनका लागि निर्माताहरु लाखौं करोडौं रुपैंयाँ खर्च गर्छन् । यी खर्चको मोटो हिस्सा फिल्ममा ग्ल्यामर देखिनका लागि मात्र हुन्छ ।

बलिउडका ‘बाहुबली’का रुपमा परिचित अभिनेता प्रभास र अभिनेत्री पुजा हेगडे अभिनित फिल्म ‘राधे–श्याम’को टिजर हालका दिनमा चर्चामा छन् । यो फिल्मको बजेट ३ सय ५० करोड छ । जसमा प्रभासको पहिरनको मूल्य नै ६ करोड रुपैंयाँ छ ।

बलिउडमा महंगो पहिरन लगाउने सेलिब्रेटीमा प्रभास एक्ला होइनन् । यसअघि विभिन्न फिल्ममा विभिन्न कलाकारले महंगो किसिमको पहिरन लगाइसकेका छन् ।

ऐतिहासिक कथामा आधारित फिल्म ‘पद्मावत’ कैयौं कारणले चर्चामा आयो । यसको ठूलो कारण फिल्मको बजेट नै थियो । किनकी बजेट अनुसार फिल्मको धेरै खर्च कलाकारको कपडा र गहनामा भएको थियो ।

१ सय ६० करोड रुपैंयाँको बजेटमा तयार भएको फिल्ममा एउटा गीत ‘घूमर’का लागि दीपिकाले करिब ३० लाख रुपैंयाँको लेहंगा लगाएकी थिइन् । झण्डै ३० किलोको यो लेहंगा बनाउन नै ६ सय दिन लागेको थियो । २ सय कालिगढले यो पहिरन बनाउन सुनको प्रयोग गरेका थिए ।

ब्लकबस्टर फिल्म ‘देवदास’मा चन्द्रमुखीको भूमिकामा अभिनय गर्ने माधुरी दिक्षितको पहिरनमा निर्माताले महंगो रकम खर्च गरेका थिए । यो फिल्म हालसम्मकै महंगो कष्ट्युमवाला फिल्मका रुपमा परिचित छ ।

सञ्जय लीला भन्साली निर्देशित फिल्मका लागि माधुरीको पहिरनमा १५ लाख रुपैंयाँ खर्च गरिएको थियो । माधुरीले यो पहिरन गीत ‘मार डाला’मा लगाएकी थिइन् ।

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले फिल्म ‘रोबोट’मा ३ करोड रुपैंयाँको रोबोट ड्रेस लगाएका थिए । हेर्दा यो निकै गह्रुंगो देखिने पहिरन लगाउदा भने हल्का किसिमको थियो । यो पहिरनको डिजाइन मनीष मल्होत्राले गरेका थिए ।

फिल्म ‘जोधा अकबर’मा अभिनेत्री ऐश्वर्या रायलाई रोयल लुक्समा देखिनका लागि उनको हरेक पहिरनमा निर्माताले दुई लाख रुपैंयाँ खर्च गरेका थिए । यो फिल्मको हरेक दृश्यमा ऐश्वर्या नयाँ–नयाँ पहिरनमा देखिएकी थिइन् ।

फिल्म ‘सिंह इज ब्लिंग’मा अक्षय कुमारले शीर्ष गीतका लागि कालो रंगको कुर्ता, सुनको जुलरी र सुनौलो रंगको पगडी लगाएका थिए । यो पगडीको मूल्य ६५ लाख रुपैंयाँ थियो ।

फिल्म ‘कृष ३’मा अभिनेत्री कंगना रनावतले सुपरभिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्मका लागि उनले १० अलग अलग कष्ट्युम लगाएकी थिइन् । पहिरनका लागि १ करोड रुपैंयाँ खर्च गरिएको थियो ।

फिल्म ‘बाजीराव मस्तानी’मा दीपिका पादुकोणले मस्तानीको भूमिकामा देखिनका लागि उनको पहिरनमा ५० लाख रुपैंयाँ खर्च गरेका थिए । अमित शर्मा निर्देशित फिल्म ‘तेवर’मा अभिनेत्री सोनाक्षी सिन्हाले नाँचेको गीत ‘राधा नाचेगी’मा उनले ७५ लाख रुपैंयाँको पहिरन लगाएकी थिइन् ।

सन् २०१० को फिल्म ‘प्रिन्स’मा अभिनेता विवेक ओबराय प्रमुख भूमिकामा थिए । कुकी वी गुलाटी निर्देशित फिल्ममा विवेकका लागि विशेष सूट निर्माण गर्न ३० लाख रुपैंयाँ खर्च गरिएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : १५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले