फिल्ममा महंगो पहिरन लगाउने यी बलिउड कलाकार « Khabarhub

फिल्ममा महंगो पहिरन लगाउने यी बलिउड कलाकार


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्मका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनका लागि निर्माताहरु लाखौं करोडौं रुपैंयाँ खर्च गर्छन् । यी खर्चको मोटो हिस्सा फिल्ममा ग्ल्यामर देखिनका लागि मात्र हुन्छ ।

बलिउडका ‘बाहुबली’का रुपमा परिचित अभिनेता प्रभास र अभिनेत्री पुजा हेगडे अभिनित फिल्म ‘राधे–श्याम’को टिजर हालका दिनमा चर्चामा छन् । यो फिल्मको बजेट ३ सय ५० करोड छ । जसमा प्रभासको पहिरनको मूल्य नै ६ करोड रुपैंयाँ छ ।

बलिउडमा महंगो पहिरन लगाउने सेलिब्रेटीमा प्रभास एक्ला होइनन् । यसअघि विभिन्न फिल्ममा विभिन्न कलाकारले महंगो किसिमको पहिरन लगाइसकेका छन् ।

ऐतिहासिक कथामा आधारित फिल्म ‘पद्मावत’ कैयौं कारणले चर्चामा आयो । यसको ठूलो कारण फिल्मको बजेट नै थियो । किनकी बजेट अनुसार फिल्मको धेरै खर्च कलाकारको कपडा र गहनामा भएको थियो ।

१ सय ६० करोड रुपैंयाँको बजेटमा तयार भएको फिल्ममा एउटा गीत ‘घूमर’का लागि दीपिकाले करिब ३० लाख रुपैंयाँको लेहंगा लगाएकी थिइन् । झण्डै ३० किलोको यो लेहंगा बनाउन नै ६ सय दिन लागेको थियो । २ सय कालिगढले यो पहिरन बनाउन सुनको प्रयोग गरेका थिए ।

ब्लकबस्टर फिल्म ‘देवदास’मा चन्द्रमुखीको भूमिकामा अभिनय गर्ने माधुरी दिक्षितको पहिरनमा निर्माताले महंगो रकम खर्च गरेका थिए । यो फिल्म हालसम्मकै महंगो कष्ट्युमवाला फिल्मका रुपमा परिचित छ ।

सञ्जय लीला भन्साली निर्देशित फिल्मका लागि माधुरीको पहिरनमा १५ लाख रुपैंयाँ खर्च गरिएको थियो । माधुरीले यो पहिरन गीत ‘मार डाला’मा लगाएकी थिइन् ।

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले फिल्म ‘रोबोट’मा ३ करोड रुपैंयाँको रोबोट ड्रेस लगाएका थिए । हेर्दा यो निकै गह्रुंगो देखिने पहिरन लगाउदा भने हल्का किसिमको थियो । यो पहिरनको डिजाइन मनीष मल्होत्राले गरेका थिए ।

फिल्म ‘जोधा अकबर’मा अभिनेत्री ऐश्वर्या रायलाई रोयल लुक्समा देखिनका लागि उनको हरेक पहिरनमा निर्माताले दुई लाख रुपैंयाँ खर्च गरेका थिए । यो फिल्मको हरेक दृश्यमा ऐश्वर्या नयाँ–नयाँ पहिरनमा देखिएकी थिइन् ।

फिल्म ‘सिंह इज ब्लिंग’मा अक्षय कुमारले शीर्ष गीतका लागि कालो रंगको कुर्ता, सुनको जुलरी र सुनौलो रंगको पगडी लगाएका थिए । यो पगडीको मूल्य ६५ लाख रुपैंयाँ थियो ।

फिल्म ‘कृष ३’मा अभिनेत्री कंगना रनावतले सुपरभिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्मका लागि उनले १० अलग अलग कष्ट्युम लगाएकी थिइन् । पहिरनका लागि १ करोड रुपैंयाँ खर्च गरिएको थियो ।

फिल्म ‘बाजीराव मस्तानी’मा दीपिका पादुकोणले मस्तानीको भूमिकामा देखिनका लागि उनको पहिरनमा ५० लाख रुपैंयाँ खर्च गरेका थिए । अमित शर्मा निर्देशित फिल्म ‘तेवर’मा अभिनेत्री सोनाक्षी सिन्हाले नाँचेको गीत ‘राधा नाचेगी’मा उनले ७५ लाख रुपैंयाँको पहिरन लगाएकी थिइन् ।

सन् २०१० को फिल्म ‘प्रिन्स’मा अभिनेता विवेक ओबराय प्रमुख भूमिकामा थिए । कुकी वी गुलाटी निर्देशित फिल्ममा विवेकका लागि विशेष सूट निर्माण गर्न ३० लाख रुपैंयाँ खर्च गरिएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : १५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध