भारत सरकारको सहयोगमा कान्ति भैरव माविको पुनर्निर्माण शुरू (भिडियोसहित) | Khabarhub Khabarhub

भारत सरकारको सहयोगमा कान्ति भैरव माविको पुनर्निर्माण शुरू (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण शुरू भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र भारतीय राजदूतावासका नियोग उप–प्रमुखले विद्यालय भवनको पुनर्निर्माण स्थलमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका छन् ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी. खम्पा तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित भूमि पूजन कार्यक्रममा सहभागी थिए ।

भूमि पुजन कार्यक्रममा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

हेरौँ भिडियो

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ ।


गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ ।

नवनिर्मित तीन तल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्री यभवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख नामग्य सी. खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताइन ।

नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्घ रहेको जानकारी नियोग उप–प्रमुखले गराइन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ३ : १६ बजे

काठमाडौंमा भोलिदेखि दुई दिने शैक्षिक मेला

काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि र पर्सि (फागुन १६ र

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको

‘वरिष्ठ बलराम’ को रिलिज मिति घोषणा

काठमाडौं – चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरिएको छ

खेम सेन्चुरी र संगीता थापा मगरको ‘धेरै नरिसाउँ’ गीत सार्वजनिक

काठमाडौं – लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत