गागाले गाँजा खाँदै गीत गाएपछि… « Khabarhub

गागाले गाँजा खाँदै गीत गाएपछि…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी गायिका लेडी गागा आफ्नो गीतसँगै काम गर्ने शैलीबाट पनि चर्चामा आइरहन्छिन् । गत साता एम्स्टर्डममा उनले गीत गाइरहँदा दर्शकहरु उनको गीतमा जति झुमे, गागा आफैं पनि भित्र भित्रै झुमिरहेकी थिइन् ।

यो कन्सर्टमा उनले गीत गाइरहँदा बीच–बीचमा गाँजा सेवन गरेकी थिइन् । उनले दर्शकलाई आफूले निकै लामो समयदेखि गाँजा लिइरहेको बताइन् ।

‘यसले मेरो जिन्दगीलाई बदलेको छ । मैले मदिरा निकै कम गरेकी छु । मेरा लागि यो आत्याधमिक यात्रा हो’, कन्सर्टको दौरानमा खिचिएको एक भिडियोमा उनले भनेकी छन् ।

उनले आफ्ना लागि मनको कुरा गर्ने उपयुक्त समय नै कन्सर्ट रहेको जनाएकी छन् । त्यहीकारण उनी आफ्ना लाखौं फ्यानमाझ यो कुरा सार्वजनिक गर्न चाहन्थिन् ।

उनले यो कुरा सार्वजनिक गरे पनि सामाजिक सञ्जालमा भने उनलाई गालीको वर्षा नै भएको छ । कतिपयले उनलाई गलत ‘रोल मोडल’ भनेका छन् कतिपयले गीतमा मात्र ध्यान दिन आग्रह गरेका छन् ।

ब्लेनहिम सीडीपीका प्रमुख जोन जोलीले गागाको कुराले लागुऔषध छोड्न चाहने समूहका लागि गलत सन्देश प्रवाह गरेको बताए । गागाको भनाइले यो समस्या अझ बढ्ने जोनको बुझाइ छ ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : ५० बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई