ओलीको ‘कदम’विरुद्ध दाहाल–नेपाल समूहद्वारा टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ « Khabarhub

ओलीको ‘कदम’विरुद्ध दाहाल–नेपाल समूहद्वारा टुँडिखेल वरिपरि ‘मानव साङ्लो’


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनवरुद्ध प्रदर्शन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ बनाएर प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदम भएको भन्दै दाहाल-नेपाल समूहले सांकेतिक विरोधस्वरुप टुँडिखेल वरिपरि मानव साङ्लोसहित विरोध जनाएको नेकपा नेतृ पम्फा भूषालले जानकारी दिइन्।

चौथो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत दाहाल-नेपाल समूहले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’सहित प्रदर्शनमा उत्रिएको हो ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । प्रदर्शनमा अनेरास्ववियू, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनका नेता तथा कार्यताहरु सहभागी भएका थिए ।

मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो ।

नेकपा दाहाल–नेपाल पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भुषालले बताइन्।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ३१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा