ओलीको ‘कदम’विरुद्ध दाहाल–नेपाल समूहद्वारा टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ « Khabarhub

ओलीको ‘कदम’विरुद्ध दाहाल–नेपाल समूहद्वारा टुँडिखेल वरिपरि ‘मानव साङ्लो’


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनवरुद्ध प्रदर्शन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ बनाएर प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदम भएको भन्दै दाहाल-नेपाल समूहले सांकेतिक विरोधस्वरुप टुँडिखेल वरिपरि मानव साङ्लोसहित विरोध जनाएको नेकपा नेतृ पम्फा भूषालले जानकारी दिइन्।

चौथो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत दाहाल-नेपाल समूहले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’सहित प्रदर्शनमा उत्रिएको हो ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । प्रदर्शनमा अनेरास्ववियू, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनका नेता तथा कार्यताहरु सहभागी भएका थिए ।

मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो ।

नेकपा दाहाल–नेपाल पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भुषालले बताइन्।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ३१ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि