किशोरी बलात्कारको आरोपमा ललितपुरबाट एक पक्राउ « Khabarhub

किशोरी बलात्कारको आरोपमा ललितपुरबाट एक पक्राउ


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका– १० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका– २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच तारकेश्वर नगरपालिका– ७ स्थित भूपू सैनिकटोल घर भएका नानीकाजी बोहराको घरबाट गएराति रु एक लाख ५० हजार नगदसहित सुनका गहना गरी करीब रु पाँच लाख ५३ हजार बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन