ओस्कार मनोनयनमा परेका रिजवानको यस्तो संघर्ष « Khabarhub

ओस्कार मनोनयनमा परेका रिजवानको यस्तो संघर्ष


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– ‘मेरो शरीरमा कुनै पनि किसिमको विस्फोटक पर्दा पत्ता लगाउनका लागि जब उनीहरु अन्डरवेयरमा खोजविन शुरु गर्थे, म प्रायः आफ्नो फिल्मको बारेमा कुरा गर्थे र उनीहरुलाई आफूसँग सेल्फी लिन भन्थें ।’

यो भनाई पाकिस्तानमा जन्मिएका ब्रिटिस अभिनेता रिजवान अहमदको हो । उनलाई मनपराउनेले ‘रिज’ नामले बोलाउछन् ।

रिजवानले पाँच वर्ष अघि अंग्रेजी अखबार गार्जियनमा हवाई अड्डामा उनलाई कसरी केरकार गरियो भन्ने कुरा लेखेका थिए ।
रिजवान यस्तो पहिलो मुसलमान अभिनेता हुन्, जो ‘ओस्कार’मा ‘वेस्ट एक्टर लीड अवार्ड’को विधाको मनोनयनमा परेका छन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार रिजवानको यो मनोनयनले हलिउड फिल्ममा मुसलमान अभिनेता कम रहेको र पछिल्ला दशकमा ओस्कारमा उठ्दै आएको अन्य समुदायको पहुँचलाई जवाफ दिएको छ ।

यसअघि अहमदी समुदायको प्रतिनिधित्व गर्दै अस्वेत अभिनेता मेहरशला अलीले सन् २०१६ र सन् २०१८ मा आफ्नो फिल्म ‘मुनलाइट’ र ‘ग्रीन बुक’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेका थिए ।

ओस्कार मनोनयनमा परेपछि रिजवानले एक विज्ञप्ती जारी गर्दै खुशी व्यक्त गरेका छन् । ‘धेरै मानिसहरु यो पलसँग आफूलाई जोड्न चाहन्छन्, किनकी म पहिलो मुसलमान अभिनेता हुँ, जसलाई मनोनयनमा राखिएको छ । केही मानिसहरु ब्रिटिस नागरिकका रुपमा जोडिन चाहन्छन् । केही मानिसहरु पाकिस्तानी मूलको भएकाले नाता र केही लण्डनमा वेम्बलीबाट मेरो सम्बन्धका बारेमा कुरा गर्छन् ।’, उनले विज्ञप्तीमा भनेका छन् ।

फिल्म ‘साउण्ड अफ मेटल’का लागि ओस्कारले उनलाई ‘वेस्ट एक्टर’ विधाको मनोनयनमा राखेको छ । यो खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा उनलाई बधाईको ओहिरो लागेको छ ।

रिजवानका आमाबाबु पाकिस्तानका हुन् । तर उनको जन्म लण्डनमा भएको हो । उनका पिता कराँचीका हुन्, जो ७० को दशकमा ब्रिटेन आएका थिए ।

रिजवान एक अभिनेतासँगै संगीतकार र र्यापर पनि हुन् । जसको एलबम सन् २०२० मा बजारमा आयो । सन् २०२१ मा उनले अमेरिकामा बस्दै आएकी लेखिका फातिमा फरहीन मिर्जासँग विवाह गर्ने बताएका छन् ।

रिजवानले अमेरिका गएपछि अभिनयलाई प्राथमिकतामा राखेका छन् । उनले फिल्म अलग–अलग भूमिका निभाइसकेका छन् । उनले साइन्स फिक्सन सिरिज ‘स्टार वार’मा अभिनय गरिसकेका छन् । फिल्म ‘जेसन बोर्न’मा पनि उनको अभिनय देख्न सकिन्छ ।

उनले आफ्नो करियरको सुरुवात सन् २००१ मा अफगानिस्तानमा छायांकन गरिएको फिल्म ‘द रोड टू ग्वांतानामो’बाट गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग