अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूसँग सम्पर्कमा आए व्यक्तिहरुलाई कोरोना टेस्ट गर्न आग्रह गरेका छन् ।

‘म घरमै आफूलाई क्वारेन्टाइनमा राखेको छु । मेरो स्वास्थ्य अवस्थामा चिन्ता व्यक्त गर्नुहुने सबैमा आभार व्यक्त गर्दछु’, उनले भनेका छन् ।

प्रायः कमेडी फ्लेभरका फिल्ममा देखिने सतीशले कैयौं फिल्मको निर्देशन पनि गरेका छन् । बलिउडमा यसअघि मनोज वाजपेयी, तारा सुतारिया, रणवीर कपूर र सञ्जय लीला भन्सालीलगायतलाई कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर