फ्रान्सिस जेवियरको शव ४५० वर्षदेखि गोवाको चर्चमा « Khabarhub

फ्रान्सिस जेवियरको शव ४५० वर्षदेखि गोवाको चर्चमा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लोकतन्त्रान्त्रिक मुलुक नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ हरेक धर्मको आस्थाको केन्द्र मठ, मन्दिर, गुम्बा, चर्च र मस्जिद आदी रहेका छन् । नेपालमा सयौंको संख्यामा इसाई धर्मालम्बीको आस्थाको केन्द्र चर्च पनि रहेको छ ।

हरेक चर्चमा इसाईहरु प्रभु येशु क्रिष्टको प्राथना गर्दछन् । तर भारतमा रहेको एक चर्च प्राथनाका अलावा अन्य कारणले परिचित रहेको छ । भारतको गोवामा रहेको ओल्ड गोवा चर्चमा ४ सय ५० वर्षदेखि एक ईसाई सन्तको मृत शरीर (डेड बडी)लाई सजाएर राखिएको छ । मान्यता अनुसार उक्त शवमा कैयौं दिव्य शक्तिहरु समावेश छन् र त्यस शवबाट आज पनि रगत बग्दछ ।

पुरानो गोवामा स्थित बेसिलिका अफ बम जीसस चर्च (Basilica of Bom Jesus Church)मा हरेक वर्ष ६–९ फेब्रुअरीमा हुने कार्निवलका अवसरमा हजारौ मानिस आउने गर्दछन् । यस चर्चमा ४५० वर्षदेखि फ्रान्सिस जेवियर नामक ब्यक्तिको शव राखिएको छ । मान्यता अनुसार उनको शवमा आजपनि दिव्य शक्ति रहेको छ जसका कारण यो खराब भएन ।

चीनको यात्राको क्रममा जेवियरको मृत्यु भएको थियो । उनले आफ्नो शवलाई गोवामा नै गाड्न (दफन) इच्छाएका थिए । त्यसैले उनका शिष्यले गोवामा नै उनको शव गाडे । तर केही वर्षपछि रोमबाट आएका केही सन्तको डेलिगेशनले उनका शवलाई बाहिर निकाले । पछि पूनः उनको शव गाडियो । यसरी तीन पटक उनको शव बाहिर निकालियो र अन्ततः त्यस चर्चमा राखियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३२ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ