फ्रान्सिस जेवियरको शव ४५० वर्षदेखि गोवाको चर्चमा | Khabarhub Khabarhub

फ्रान्सिस जेवियरको शव ४५० वर्षदेखि गोवाको चर्चमा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लोकतन्त्रान्त्रिक मुलुक नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ हरेक धर्मको आस्थाको केन्द्र मठ, मन्दिर, गुम्बा, चर्च र मस्जिद आदी रहेका छन् । नेपालमा सयौंको संख्यामा इसाई धर्मालम्बीको आस्थाको केन्द्र चर्च पनि रहेको छ ।

हरेक चर्चमा इसाईहरु प्रभु येशु क्रिष्टको प्राथना गर्दछन् । तर भारतमा रहेको एक चर्च प्राथनाका अलावा अन्य कारणले परिचित रहेको छ । भारतको गोवामा रहेको ओल्ड गोवा चर्चमा ४ सय ५० वर्षदेखि एक ईसाई सन्तको मृत शरीर (डेड बडी)लाई सजाएर राखिएको छ । मान्यता अनुसार उक्त शवमा कैयौं दिव्य शक्तिहरु समावेश छन् र त्यस शवबाट आज पनि रगत बग्दछ ।

पुरानो गोवामा स्थित बेसिलिका अफ बम जीसस चर्च (Basilica of Bom Jesus Church)मा हरेक वर्ष ६–९ फेब्रुअरीमा हुने कार्निवलका अवसरमा हजारौ मानिस आउने गर्दछन् । यस चर्चमा ४५० वर्षदेखि फ्रान्सिस जेवियर नामक ब्यक्तिको शव राखिएको छ । मान्यता अनुसार उनको शवमा आजपनि दिव्य शक्ति रहेको छ जसका कारण यो खराब भएन ।

चीनको यात्राको क्रममा जेवियरको मृत्यु भएको थियो । उनले आफ्नो शवलाई गोवामा नै गाड्न (दफन) इच्छाएका थिए । त्यसैले उनका शिष्यले गोवामा नै उनको शव गाडे । तर केही वर्षपछि रोमबाट आएका केही सन्तको डेलिगेशनले उनका शवलाई बाहिर निकाले । पछि पूनः उनको शव गाडियो । यसरी तीन पटक उनको शव बाहिर निकालियो र अन्ततः त्यस चर्चमा राखियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३२ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला