ब्राडमाथि जोलीले लगाइन् घरेलु हिंसाको आरोप « Khabarhub

ब्राडमाथि जोलीले लगाइन् घरेलु हिंसाको आरोप


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– एकसमय बलिउडको सुन्दर जोडीका रुपमा चिनिएका अभिनेता ब्राड पिट र अभिनेत्री एन्जोलिना जोली अलग भएको पाँच वर्ष पुगेको छ ।

अलग्गिएको पाँच वर्ष पछि जोलीले ब्राडमाथि घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार जोलीले अदालतमा घरेलु हिंसाको उजुरीको नयाँ कागजात पेश गरेकी छन् ।

जोलीले अदालतमा सम्बन्धविच्छेदको मुद्धामा सुनुवाई भइरहँदा ब्राडले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले आफूसँग यी कुराको प्रमाण पनि रहेको उल्लेख गरेकी छन् ।

जोलीले गत मार्च १२ मा अदालतसमक्ष आरोपको एक निवेदन दर्ता गराएकी छन् । उनले निवेदनमा अदालतलाई प्रमाणको आवश्यकता परेमा आफूले उपलब्ध गराउने उल्लेख गरेकी छन् ।

उनले अदालतमा बुझाएको कागजातमा यो मामलामा आफूसँगै आफ्नो नाबालिक सन्तानहरु पनि साक्षीका रुपमा तयार रहेको जनाएकी छन् ।

जोली र पिटका ६ बच्चा छन् । जसमा मेडक्स १९ वर्षका, पेक्स १७ वर्षका, जहारा १६ वर्षका, शिलोह १४ वर्षका र दुई जुम्ल्याहा सन्तान नक्स र विवियेन १२ वर्षका छन् ।

यता युएस विकलीले आफ्नो रिपोर्टमा विगत चार वर्षयता जोलीले धेरै कुराको दाबी गरे पनि त्यो दाबी पुष्टि गर्ने कुनै आधार नरहेको जनाएको छ ।

‘एन्जेलिजनाले पहिला पनि बच्चाको माध्यमबाट ब्राड पिटलाई चोट पुर्याउने प्रयास गरिन् । यसपटकको व्यवहार यसैको निरन्तरता हो । ब्राडलाई चोट पुर्‍याउनका लागि उनको चौथो वा पाँचौं सेटको वकिलले यो दस्तावेज सार्वजनिक गरेका हुन्’, समाचारमा लेखिएको छ ।

जोली र पिटले सन् २००४ देखि डेटिङ शुरु गरेका थिए । यो समयमा उनीहरु ‘मिस्टर एण्ड मिसेज स्मिथ’को सुटिङ गरिरहेका थिए । सन् २०१६ मा अलग्गिने निर्णय लिएपनि कानूनी रुपमा उनीहरुको डिभोर्स भइसकेको छैन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  २ : ५५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग