नेपाल सुपर लिगका लागि धनगढीको मुख्य प्रशिक्षकमा फुजा « Khabarhub

नेपाल सुपर लिगका लागि धनगढीको मुख्य प्रशिक्षकमा फुजा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ ।

धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरिएको जनाएको छ ।

‘गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिग टिमले हामीले प्रशिक्षकको रुपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी गराउन पाउँदा हर्षित छौं,’ धनगढीले विज्ञप्तिमा भनेको छ ।

फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।

धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई यस अघि नै अनुबन्ध गरिसकेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  २ : ४५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको