अब नेपाल टेलिकमका फोन नम्बरबाट इन्टरनेटविना कारोबार « Khabarhub

अब नेपाल टेलिकमका फोन नम्बरबाट इन्टरनेटविना कारोबार


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेको उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट सञ्चालनका लागि स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।

लामो समयदेखि आवश्यक प्रक्रिया र पूर्वाधार तयार गरी राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले अब भने सेवा सञ्चान गर्न पाउने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ ।

प्रवक्ता पोखरेलका अनुसार कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारीमा एयरटाइम टप–अपलाई प्रयोगमा ल्याउने छ । यसको अर्थ कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउने छ ।

तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ४५ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ