जिल्ला प्रशासन कार्यालय लमजुङमा 'डिजिटल टोकन प्रणाली' शुरु | Khabarhub Khabarhub

जिल्ला प्रशासन कार्यालय लमजुङमा ‘डिजिटल टोकन प्रणाली’ शुरु


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको छ ।

सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको हो ।

क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिएका थिए ।

तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए ।

उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए ।

नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

सेवाग्राहीका लागि प्रतीक्षालय निर्माण

जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालयसमेत निर्माण गरिएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो । सो प्रतिक्षालयको आज प्रजिअ शर्माले उद्घाटन गरे ।

प्रतिक्षालयमा ८० सेवाग्राही अट्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । सोही प्रतिक्षालय नजिकै पालिका स्तम्भ पार्कसमेत रहेको छ ।

कार्यालयमा आएका सेवाग्राहीले पालिका स्तम्भ पार्कको समेत अवलोकन गर्दै जिल्लामा रहेका आठवटै पालिका र जिल्लाकैबारेमा समेत जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ०१ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल