‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह « Khabarhub

‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलि शुक्रबारबाट रिलिज हुने बलिउड फिल्म ‘मुम्बई सागा’ हेरिदिनका लागि फिल्मका अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक छोटो भिडियो राख्दै नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन् ।

‘नेपालका सबै बासिन्दालाई म यो भन्न चाहन्छु कि मेरो फिल्म ‘मुम्बई सागा’ भोलि रिलिज हुँदैछ । गएर यो फिल्म हेर्नुहोला, इञ्जोय गर्नुहोला । यो फिल्म ठूलो पर्दाका लागि बनाइएको हो, सबैलाई मेरो प्रणाम’, उनले भनेका छन् ।

जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको फिल्ममा जोन अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् ।

फिल्ममा लेखक र निर्देशक संजय गुप्ता हुन् भने लगानी भूषण कुमारको रहेको छ ।

फिल्ममा सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाललगायतका कलाकारको पनि अभिनय छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ४८ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट