कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : वरिष्ठ नेता पौडेल « Khabarhub

कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : वरिष्ठ नेता पौडेल


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी नै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन् ।

नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिए जस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा आज दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताए ।

वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको बताउँदै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो । देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

उनले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेकोसमेत बताए । कार्यक्रममा पूर्वगृहमन्त्री देवेन्द्रराज कँडेलले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति कायम रहेसम्म कम्युनिष्टले देशमा अझै राज गर्ने बताए ।

कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्रीहरु रामकृष्ण यादव र दिपक गिरी, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, शङ्कर गिरी, पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : १३ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ