अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति « Khabarhub

अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन(सिन्ह्वा)- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्तापछिको संयुक्त प्रेस सम्मेलनमा दुबै जनाले यस्तो प्रतिबद्धता जनाएका हुन् । सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पुर्‍याउन सहमति गरेको पुष्टि गरेका थिए ।

बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’ को सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताए ।

तस्वीरः एपी

यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताएका छन् ।

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन् ।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेको छ ।

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्‍याउने कदम नचाल्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ५३ बजे

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै