आजको मौसम : अपराह्न पहाडी भेगमा हावाहुरीसहित वर्षा हुने सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : अपराह्न पहाडी भेगमा हावाहुरीसहित वर्षा हुने सम्भावना


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नतिर र राति देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

बैशाख ५ गते (आइतबार)

दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ६ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ७ गते (मंगलबार)

दिउँसो: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपराह्नतिर  मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : १० बजे

बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ?

काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको

अपाङ्गमैत्री विद्यालय भवन निर्माण

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन

इटालियन सिरी ए : इन्टर मिलानको सहज जित

काठमाडौं– इटालियन सिरी ए फुटबलमा इनटर मिलानले सहज जित निकालेको

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १

मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

महोत्तरी– मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ