'फ्लोर क्रस' गरेका एमाले सांसदलाई मुख्यमन्त्री शाहीले बनाए मन्त्री | Khabarhub Khabarhub

‘फ्लोर क्रस’ गरेका एमाले सांसदलाई मुख्यमन्त्री शाहीले बनाए मन्त्री


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘फ्लोर क्रस’ गरेका एमालेका चार जनामध्ये तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

यही वैशाख ३ गते विश्वासको मत हासिल गरेपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।

३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

एमाले प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई शनिबार नै पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ३५ बजे

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला