कतारमा ३५ वर्ष माथिकाले कोरोनाविरुद्धको खोप लगाउन पाउने | Khabarhub Khabarhub

कतारमा ३५ वर्ष माथिकाले कोरोनाविरुद्धको खोप लगाउन पाउने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा ३५ वर्ष माथिकाले कोरोना बिरुद्धको खोप लगाउन पाउने भएका छन्  ।

कतारको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने उमेर घटाएको ३५ वर्ष पुर्‍याएको हो ।

यसअघि कतारले ४० वर्ष माथिकाले मात्र लगाउन पाउने खोप अब ३५ वर्ष माथिको उमेर समूहकाले निःशुल्क लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

फाराम भरेका व्यक्तिहरूले एसएमएस वा फोन मार्फत सम्पर्क गरी नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउन पाउने राष्ट्रिय स्वास्थ्य  समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले जानकारी दिए ।

‘मार्चदेखि नै खोपको संख्या झन्डै दोब्बर गरिसकेका छौं र विगत सात दिनमा मात्र हामीले ३५ भन्दा बढी खोप केन्द्रहरूमा १ लाख ६० हजार भन्दा बढी डोज खोप दिइसकेका छौँ,’ डा. अल खललाई उद्धृत गर्दै यहाँबाट प्रकाशन हुने पेनिन्सुला पत्रिकाले जनाएको छ ।

३५ वर्ष उमेर पुगेकाहरुले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गराउन समेत उनले आग्रह गरेका छन् ।

कोरोनाबाट थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट कतारमा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४४, ४५, ५३, ५९, ६०, ६५, ७०, ७६ र ८३ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७६ पुगेको छ  ।

पछिल्लो २४ घण्टा ८२७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ६५९ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९५ हजार ७५७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७३ हजार २५७ रहेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २२ हजार १२४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४६९ जनाको आईसीयूमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दासम्म १२ लाख २५ हजार ११० जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारले नेपालीसहित आप्रवासी कामदारलाई निशुल्क रुपमा खोप उपलब्ध गराईरहेको छ । पछिल्लो समय सरकारी कार्यालय, सरकारी स्कुल लगायतका ठाउँमा काम गर्ने सबै नेपालीहरुले खोप लगाईसकेका छन् l

३६२ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३६२ जनालाई कारबाही गरिएको जनाएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार २८२ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ७३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा र बाँकी ३ जनालाई गाडीमा तोकिएको भन्दा बढी सङ्ख्या राखेकोमा कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ३५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने