कतारमा ३५ वर्ष माथिकाले कोरोनाविरुद्धको खोप लगाउन पाउने « Khabarhub

कतारमा ३५ वर्ष माथिकाले कोरोनाविरुद्धको खोप लगाउन पाउने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा ३५ वर्ष माथिकाले कोरोना बिरुद्धको खोप लगाउन पाउने भएका छन्  ।

कतारको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने उमेर घटाएको ३५ वर्ष पुर्‍याएको हो ।

यसअघि कतारले ४० वर्ष माथिकाले मात्र लगाउन पाउने खोप अब ३५ वर्ष माथिको उमेर समूहकाले निःशुल्क लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

फाराम भरेका व्यक्तिहरूले एसएमएस वा फोन मार्फत सम्पर्क गरी नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउन पाउने राष्ट्रिय स्वास्थ्य  समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले जानकारी दिए ।

‘मार्चदेखि नै खोपको संख्या झन्डै दोब्बर गरिसकेका छौं र विगत सात दिनमा मात्र हामीले ३५ भन्दा बढी खोप केन्द्रहरूमा १ लाख ६० हजार भन्दा बढी डोज खोप दिइसकेका छौँ,’ डा. अल खललाई उद्धृत गर्दै यहाँबाट प्रकाशन हुने पेनिन्सुला पत्रिकाले जनाएको छ ।

३५ वर्ष उमेर पुगेकाहरुले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गराउन समेत उनले आग्रह गरेका छन् ।

कोरोनाबाट थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट कतारमा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४४, ४५, ५३, ५९, ६०, ६५, ७०, ७६ र ८३ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७६ पुगेको छ  ।

पछिल्लो २४ घण्टा ८२७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ६५९ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९५ हजार ७५७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७३ हजार २५७ रहेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २२ हजार १२४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४६९ जनाको आईसीयूमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दासम्म १२ लाख २५ हजार ११० जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारले नेपालीसहित आप्रवासी कामदारलाई निशुल्क रुपमा खोप उपलब्ध गराईरहेको छ । पछिल्लो समय सरकारी कार्यालय, सरकारी स्कुल लगायतका ठाउँमा काम गर्ने सबै नेपालीहरुले खोप लगाईसकेका छन् l

३६२ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३६२ जनालाई कारबाही गरिएको जनाएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार २८२ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ७३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा र बाँकी ३ जनालाई गाडीमा तोकिएको भन्दा बढी सङ्ख्या राखेकोमा कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ३५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।