सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धा र छनोटका विभिन्न चरण पूरा गरी पदाधिकारी नियुक्त गरेको हो । विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार पाँच सङ्कायका डीन, दुई केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसका प्रिन्सिपल नियुक्त भएका छन् ।

विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डीनमा प्रा. डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र सङ्कायमा प्रा. डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि सङ्कायमा प्रा. डा. प्रेमसिंह साउद, स्वास्थ्य विज्ञान सङ्कायमा प्रा. डा. डबलबहादुर धामी र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा प्रा. डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा प्रा. डा. महेन्द्रराज जोशी, भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्रा. डा. हरिशचन्द्र भट्ट र विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन् ।

विश्वविद्यालयले रिक्त पदमा पदाधिकारी नियुक्त गर्न असोजको पहिलो साता आवेदन आह्वान गरेको थियो । पदाधिकारी सिफारिस समितिले नौ सङ्कायका डीन, केन्द्रीय क्याम्पसका प्रिन्सिपल तथा दुई केन्द्रका निर्देशक पदका लागि आवेदन खुलाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ३ : ४१ बजे

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत

अमेरिकी मध्यावधि चुनावबाट ट्रम्प थप बलियो बन्ने मिलेईको आशा

वासिङ्टन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड