भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न | Khabarhub Khabarhub

भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ ।

सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । यही वैशाख महिनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।

कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

खासगरी काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिए ।

सडकको निर्माण लागत करिब रु ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेको छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष ध्रुबराज राईले बताए ।

अध्यक्ष राईले भने, “कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।”

सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी प्रेम राईले भने, “सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पुर्‍याउन  सहजता भएको छ ।”

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको