भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न « Khabarhub

भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ ।

सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । यही वैशाख महिनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ ।

कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

खासगरी काम गर्ने समय पाँच महिना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिए ।

सडकको निर्माण लागत करिब रु ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेको छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष ध्रुबराज राईले बताए ।

अध्यक्ष राईले भने, “कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।”

सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् । साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी प्रेम राईले भने, “सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पुर्‍याउन  सहजता भएको छ ।”

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं– नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को

गोल्छा ग्रुपद्वारा किओच बाल अस्पताललाई पाँच करोड आर्थिक सहयोग

काठमाडौं– गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक