मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै, अवरोध गर्ने विपक्षीको रणनीति | Khabarhub Khabarhub

मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै, अवरोध गर्ने विपक्षीको रणनीति


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने उनका राजनीतिक सल्लाहकार रामकुमार बस्नेतले जानकारी दिए ।

राईले सम्बोधन गरेर अहिलेसम्म भए गरेका कामबारे सभालाई जानकारी गराउने छन् । मुख्यमन्त्री राईको सम्बोधनपछि हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।

तर विपक्षी दलहरूले आजको बैठक पनि चल्न नदिने अडान लिएका छन् । आफूहरूले राखेको माग पूरा नभएसम्म सभा चल्न नदिने नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सञ्चालन गर्नुपर्ने माग राखेर बैठक अवरूद्ध गर्दै आएका छन् ।

प्रदेश १ को हिउँदे अधिवशेन गत माघ ७ गते शुरू भएको थियो । यस अवधिमा प्रदेशसभा बैठक सात पटक मात्र बसेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : २० बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको