राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा प्रचार बढी भयो : प्रचण्ड « Khabarhub

राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा प्रचार बढी भयो : प्रचण्ड


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीस्थित प्रस्तावित अयोध्यामा राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन् ।

माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन् । उनले राम मन्दिर बनाउने विषयमा अहिलेको सरकारले प्रचार बढी गरेको र अनुसन्धानमा ध्यान नदिएको टिप्पणी गरे ।

उनले कम्युनिष्टहरू धर्मलाई मान्दैनन् भन्ने कुरा झुटो भएको पनि बताए । उनले आफूले सरकारमा गएपछि यस विषयमा मुठी खोलेर सहयोग गर्ने पनि प्रष्ट पारे । त्यस्तै, उनले यस विषयमा संवेदनशील बन्ने र पुरातत्वविदहरूसँग छलफल गरेर अनुसन्धानमा गम्भीर हुनेसमेत बताए ।

माडी – ९ कृष्णपुरमा वैशाख ८ गते रामनवमीका दिन राम मन्दिर स्थापना गरिँदै छ । काठमाडौँदेखि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै छ । प्रचण्डले अयोध्याधाम क्षेत्रको निरीक्षणसमेत गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १२ : ३३ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी