अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने « Khabarhub

अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ६१ अनुसार थापाको पद खारेज भएसँगै ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि र संसद सचिवालयले त्यसको सूचनासमेत प्रकाशन गरेपछि थापाको सांसद पद आजैका मितिबाट खारेज भएको छ ।

राष्ट्रियसभा निर्वाचन ऐनको दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढि कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यसरी रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ ।’

ऐनको व्यवस्थाअनुसार अब सरकारले ३५ दिनभित्रको मिति तोकेर निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि व्यवस्था मिलाउन लगाउनुपर्ने व्यवस्था समावेश गरिएको छ ।

यसैबीचमा नेता थापा फेरि गृहमन्त्रीकै सपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई पुनर्नियुक्ती गरेका हुन् । नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति पनि बढिमा ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : १९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको